राजनीति


प्रदेश १ का विपक्षी दलद्वारा बजेट अधिवेशन गर्न माग

प्रदेश १ का विपक्षी दलद्वारा बजेट अधिवेशन गर्न माग

नेपालखबर
जेठ १२, २०७८ बुधबार १६:१४,

प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन्। प्रदेश संसद् सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट अध्यादेशबाट नभई संसदबाटै ल्याउन माग गरे।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश नीति तथा कार्यक्रम ल्याई संसदबाटै बजेट ल्याउन जोड र्दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad