राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको पत्रमा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन पहल गरिदिन राष्ट्रपति कोविन्दलाई आग्रह गरिएको छ।
भारतीय समकक्षीलाई उक्त पत्र पठाउनका लागि राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयलाई सम्पर्क गरेको तर पत्र गए नगएको जानकारी नआएको शीतलनिवास स्रोतले बतायो।
पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दु:ख व्यक्त गरेकी छन्।
3
Shares

प्रतिक्रिया