समुद्रमा तैरिरहेको सिंगापुरको एमभी एक्स–प्रेस पर्ल जहाजमा ६ दिनयता आगलागी भइरहेको हो।
एपीका अनुसार श्रीलंकाको राजधानी कोलम्बो हुँदै सिंगापुर गइरहेको सो कार्गो जहाजमा आगलागीसँगै विस्फोट पनि भएको छ।
श्रीलंकाका अधिकारीहरुका अनुसार श्रीलंकाका नौ सेनाले चालक दलका २५ सदस्य सबैको उद्धार गरिसकेका छन्।
सो जहाजमा फिलिपिन्स, चीन, भारत र रुसका नागरिकहरु कार्यरत थिए।
अधिकारीहरुका अनुसार गत मे १५ मा भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज सिंगापुरको लागि तैरिएको थियो।
(भिडिओ)
त्यहाँ २५ टन नाइट्रिक एसिड र अन्य रसायन थिए। गत शुक्रबारबाट आगलागी सुरुवात भएको श्रीलंकाको नौसेनाले जनाएो छ।
सोही जहाजमा भएका रसायनकै कारण आगलागी सुरुवात भएको अनुमान गरिएको छ।
हाल सो आगो निभाउन श्रीलंकाका वायु साथै नाैसेना खटेका छन्। यस्तै भारतले समेत आगो निभाउन सघाउन जहाजहरु पठाएको छ। एपी



Shares

प्रतिक्रिया