रुसले सिरियास्थित हवाई अड्डाबाटै आणविक बम खसाउन सक्ने विमान परिचालन गर्न सक्षम भएको बताएको छ।
रुसले सिरियास्थित हमिम हवाई अड्डा सञ्चालन गर्दै आएको छ। यो अड्डाबाट उसले सिरियाली राष्ट्रपति बसर अल असदलाई सहयोग पुग्नेगरी हवाई आक्रमण पनि गर्दै आएको छ।
हालै सो हवाई अड्डाको क्षमता विस्तार गरी पहिलो पटक आणविक बम प्रहार गर्न सक्ने विमान त्यहीँबाट परिचालन गर्ने क्षमता हासिल गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार तीन वटा तुपोलेव टीयू–२२एम३ विमान सो हवाई अड्डासम्म पुगेका छन्।
यी तीन विमानले भूमध्यसागर क्षेत्रमा सैन्य अभ्यास थाल्ने जनाइएको छ। रोयटर्स

प्रतिक्रिया