नेकपा एमालेका नेता भीम रावलले आफ्नो कारणले पार्टीको एकता वार्ता भंग भएको प्रचार झूटो भएको बताएका छन्।
मंगलबार केही अनलाइनमा पार्टी एकताका लागि ९ गते सबै काम गरिसकेको तर भीम रावल जेठ १० गते बालुवाटार नगएकोले वार्ता भंग भएको भन्ने कुरामा सत्यता नभएको प्रष्ट्याएका छन्।
विष्णु पौडेलले फोन गर्न आफू एकताको पक्षमा रहेको भन्दै एकताका लागि पार्टी अध्यक्ष केपी ओलीबाट केही निर्णय लिनु पर्ने बताएको ट्वीटरमा लेखेका छने।
पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा लैजान लगायत प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्न आफूले पौडेललाई भनेको उनले प्रष्ट पारेका छन्।
उनले पौडेललाई फोनमा भनेको बारे ट्वीटरमा लेखेका छन्, 'म एकताको पक्षमा छु एकताका लागि पार्टी अध्यक्ष केपी ओलीजी बाट आजै यी होउन् : पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ गते पछि २८ गतेको निर्णय लगायतका सबै पार्टी निर्णयहरु बदर गर्ने, दुई दिनभित्र स्थायी कमिटीको बैठक गर्ने, स्थायी कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यता लगायतका संगठनात्मक विषयमा सिफारिस प्रतिवेशन पेश गर्न कार्यदल बनाउने र प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्ने।'
यसबारे प्रधानमन्त्रीसँग सोधेर जवाफ दिने भनिए पनि त्यसपछि विष्णु पौडेलको फोन नआएको उनले उल्लेख गरेका छन्।
यी कुराहरु अरु कसैले गराए आफ्नो पूर्ण समर्थन हुने केही नेता साथीहरुलाई आफूले भनेको पनि रावलले बताएका छन्।
'तर बेलुका म लगायत ११ जनालाई पार्टी सदस्यबाट निष्काशित गरिएको समाचार आयो। यही हो सत्य कुरा', रावलले ट्वीट गरेका छन्।
— Dr. Bhim Rawal (@BhimRawal179) May 25, 2021मेरो कारणले नेकपा (एमाले) एकता वार्ता भंग भएको प्रचार झूटो हो । यथार्थ यस्तो छ: pic.twitter.com/sbSXVBUyzW

प्रतिक्रिया