ad ad

राजनीति


अमेरिकाले नेपाललाई दियो १ हजार थान अक्सिजन सिलिन्डर

अमेरिकाले नेपाललाई दियो १ हजार थान अक्सिजन सिलिन्डर

नेपालखबर
जेठ ९, २०७८ आइतबार १४:२२,

नेपालले अमेरिकी सहयोगस्वरुप १ हजार थान अक्सिजन सिलिन्डर प्राप्त गरेको छ।

अमेरिकी सहयोग नियोग (यूएसएड) ले ती सिलिन्डरहरु स्वास्थय मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई आज आइतबार हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकाले नेपालमा कोरोना महामारी नियन्त्रणका लागि नियमितरुपमा स्वास्थ्य सामग्री तथा उपकरणहरु प्रदान गर्दै आएको छ।

अमेरिकाले तीनवटा कार्गो जहाजमार्फत् नेपालमा स्वास्थ्य सामग्री पठाउने जनाएको छ।

त्यसअनुसार पहिलो खेपका सामग्री लिएर पहिलो जहाज हिजो शनिबार काठमाडौं ओर्लेको थियो र यूएसएडका अधिकारीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सहयोग हस्तान्तरण गरेका थिए।

यो पनिः
पहिलो खेपका स्वास्थ्य सामग्री बोकेर अमेरिकाबाट आइपुग्यो कार्गो जहाज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .