ad ad

राजनीति


पहिलो खेपका स्वास्थ्य सामग्री बोकेर अमेरिकाबाट आइपुग्यो कार्गो जहाज

पहिलो खेपका स्वास्थ्य सामग्री बोकेर अमेरिकाबाट आइपुग्यो कार्गो जहाज

नेपालखबर
जेठ ८, २०७८ शनिबार १०:३,

नेपालमा महामारी सामना गर्न अमेरिकाले प्रदान गरेको थप स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ।

नेपालमा केहि सातादेखि तीव्ररुपमा कोरोना फैलिनुका साथै दैनिक सयौं व्यक्तिको ज्यान जान थालेपछि अमेरिकाले सो सहयोग पठाएको हो।

अमेरिकाले तीन वटा चार्टर जहाजबाट यस्ता सामान पठाउने क्रममा यो पहिलो उडान काठमाडौं आइपुगेको हो।

USA CovidSupport

परराष्ट्र मन्त्रालयका अनुसार सो जहाजबाट प्राप्त सामग्रीहरु नेपालका लागि अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन्।

अमेरिकाबाट सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा लगायतका सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ।

USA CovidSupport2

अमेरिकाले अघिल्लो पटक यूएसएडमार्फत् १०० थान भेन्टिलेटर, कोरोना परीक्षण उपकरण, अक्सिजनसम्बन्धी सामग्री, पीपीई, र संक्रमितको जीवन बचाउन चाहिने अन्य मेडिकल सामग्री प्रदान गरेको थियो।

यूएसएडले भोलि स्वास्थ्य मन्त्रालयलाई १ हजार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

यी मेडिकल सामग्रीहरु संक्रमितको जीवन जोगाउन अत्यन्त उपयोगी हुने मन्त्रालयको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .