राजनीति


राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक जारी

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक जारी

नेपालखबर
जेठ ९, २०७८ आइतबार १३:१७,

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गरेकी छिन्।

केही दिनअघि सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भएको सहमति पछि प्रधानमन्त्री ओली नागरिकता अध्यादेश ल्याउन सकारात्मक भएका थिए।

सत्ता जोगाउन समस्यामा परेका ओलीले ठाकुर र महतोसँग सत्ता साझेदारीमा सहमति गरेपछि अध्यादेश ल्याएको विपक्षी दलहरुले आरोप लगाएका छन्। संसदमा नागरिकता विधेयक छलफल नै नभई सरकारले अध्यादेश ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .