राजनीति


शंकर पोखरेलद्वारा माधव नेपालसहित विपक्षीको आलोचना

शंकर पोखरेलद्वारा माधव नेपालसहित विपक्षीको आलोचना

नेपालखबर
जेठ ९, २०७८ आइतबार १३:१२,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका एमाले नेता शंकर पोखरेलले आफ्नै पार्टीका असन्तुष्ट नेता माधव नेपालसहित विपक्षीको आलोचना गरेका छन्।

शुक्रबार आफ्नोसमेत समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी खारेज गर्दै प्रतिनिधि सभा नै विघटन गरेपछि कांग्रेसलगायत विपक्षीका तर्फबाट सर्वाेच्च अदालतमा मुद्दा हाल्न एमालेको माधव नेपाल पक्षका २१ सांसदले आइतबार पुनः देउवाका पक्षमा हस्ताक्षर गरेका छन्।

यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले नेता नेपालको आलोचना गरेका हुन्।

‘विधि र पद्धतिको कुरा गरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उलंघनको कीर्तिमान कायम भएको सुन्नुपर्दा दुःख लाग्ने रहेछ,’ आइतबार अपराह्न पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तै प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको भ्रातृ संस्था नेविसंघ काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको कडा आलोचना गर्दै सडक आन्दोलनमा उत्रिएको छ।

यसलाई इंगित गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले ६ महिनापछिका लागि मध्यावधि चुनाव घोषणा गर्दा विरोध गर्नेले महामारीकै बीच सडकमा जुलुस गर्न निर्देशन दिने भनेर टिप्पणी गरेका छन्।

‘कोभिड–१९ को महामारी देखाउँदै ६ महिनापछिको चुनावको विरोध गर्ने, अनि महामारीकै बीचमा सडकमा चैं जुलुस लगाउन निर्देश गर्ने, हाम्रो राजनीति,’ सामाजिक सञ्जालमै पोखरेलले लेखेका छन्।

यो पनि : राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दा नेविसंघ नेता पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad