राजनीति


राष्ट्रपतिलाई ‘तिमी’ भनेकामा ओलीलाई चित्त दुखेछ, बिचरा : गगन थापा

राष्ट्रपतिलाई ‘तिमी’ भनेकामा ओलीलाई चित्त दुखेछ, बिचरा : गगन थापा

नेपालखबर
जेठ ८, २०७८ शनिबार १४:२८,

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा ‘तिमी’ शब्द प्रयोग गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेपछि कांग्रेसका नेता गगन थापाले व्यंग गरेका छन्।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीलाई भन्दा प्रधानमन्त्री ओलीलाई पो चित्त दुखेछ, बिचरा भनेर व्यंग्य गरेका हुन्।

साथै सांसद थापाल गणतन्त्रमा सम्मान पदले होइन, कामले दिने उल्लेख गर्दै राष्ट्रपतिको प्रतिष्ठा प्रधानमन्त्री ओलीले नै गिराएको आरोप पनि लगाएका छन्।

‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा,’ थापाले भनेका छन्, ‘गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड!!’

थापाले अगाडि भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad