समाज


रौतहटमा निषेधाज्ञा उल्लंघन गर्दा प्रहरी र स्थानीयबीच झडप

रौतहटमा निषेधाज्ञा उल्लंघन गर्दा प्रहरी र स्थानीयबीच झडप

नेपालखबर
जेठ ८, २०७८ शनिबार १४:१८,

रौतहटमा निशेधाज्ञा उल्लंघन भएपछि प्रहरी र स्थानीयबीच झडप भएको छ।

 दुर्गाभगवती गाउँपालिका ३ पंचरुखीचोकस्थित मत्सरी बजारमा शनिबार झडप भएको हो।

स्थानीय कृष्ण कुमार झा र उनका छोरा रघुनन्दन झाले निषेधाज्ञा पालना नगरेको र मास्क पनि प्रयोग नगरेपछि प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा विवाद भएको थियो।

विनापास अत्यावश्यक काम विना मोटरसाईकलमा हिंडडुल गरेको भेटेपछि ड्युटीमा रहेका प्रहरीले सवारी साधन रोकी सम्झाई वुझाई गर्दा प्रहरीलाई नै गाली गलौज तथा अभद्र व्यवहार गरेको र हातपात समेत गरेको प्रहरीको आरोप छ।

 उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

पछि स्थानीय जम्मा भएर प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीको पिक अप र मोटरसाइकलमा क्षति भएको छ।

रघुनन्दन झा प्रहरीको कुटपिटबाट घाइते भएका छन्। उनलाई स्वास्थ्यकर्मीको टोलीसहित थप उपचारका लागि जिल्ला अस्पताल रौतहटमा लगिएको थियो।

 उनी उपचारपछि आजै डिस्चार्ज भएको र घटनाको थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad