राजनीति


मेरै पार्टीबाट असहयोग भएकोले विश्वासको मत लिन असफल भएँ : ओली

मेरै पार्टीबाट असहयोग भएकोले विश्वासको मत लिन असफल भएँ : ओली

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ७:३६,

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीबाट असहयोग भएकै कारण विश्वासको मत लिन असफल भएको आरोप लगाएका छन्।

आज पत्रकार सम्मेलन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतातर्फ संकेत गर्दै उक्त आरोप लगाएका हुन्।

नेपालसहितका नेताको नाम नलिई उनले भने, ‘विश्वासको मत नपुगोस् भनेर दलभित्रबाट विपक्षीसँग मिल्ने र सरकार ढाल्ने प्रयास भए।’

उनले २७ जनाले गुटगत रुपमा आफ्नै पार्टीको अनुशासन पालना नगरेको बताउँदै भने, ‘ह्विप उल्लंघन गर्ने, अनुशासनहीन काम गर्नेजस्ता प्रवृत्तिले पार्टीभित्रबाट कमजोर बनाइयो। लोकतन्त्रको हुर्मत लिने काम भयो।’

अढाई महिनासम्म कुर्दा पनि अविश्वासको प्रस्ताव नआएपछि आफूले विश्वासको मत लिन संसदमा गएको तर आफ्नै पार्टीभित्रबाट असहयोग भएको ओलीले आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad