राजनीति


वैकल्पिक सरकार गठनमा निर्णायक जसपाले बोलायो संसदीय दलको बैठक

वैकल्पिक सरकार गठनमा निर्णायक जसपाले बोलायो संसदीय दलको बैठक

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ३:१७,

वैकल्पिक सरकारको चाबी हातमा लिएको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ।

राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो।

१० बजेलाई संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट पार्टीले वर्तमान परिस्थितिबारे निर्णय लिने नेता लक्षमणलाल कर्णले नेपालखबरलाई जानकारुी दिए।

यस अघि जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने भए त्यसका लागि प्रयास गर्ने निर्णय गरेको थियो।

संसद्को अंकगणित हेर्दा कांग्रेस र माओवादी केन्द्रले मात्र वैकल्पिक सरकार बनाउन सक्ने अवस्था छैन। सिंगो जसपाले गठबन्धनलाई साथ दियो भने मात्रै वैकल्पिक सरकार बन्ने अवस्था छ।राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आज साँझ पाँच बजेसम्म संसदमा वहुमत सिद्ध गरेर वैकल्पिक सरकार गठनको लागि समय दिएकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad