राजनीति


प्रधानमन्त्री ओलीलाई कारबाही गर्न प्रचण्डको माग

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न प्रचण्डको माग

नेपालखबर
जेठ ५, २०७८ बुधबार १३:४३,

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न माग गरेका छन्।

बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै दाहालले कारवाही गर्न माग गरेका हुन्।

दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति प्रकाशित गरी ओलीद्वारा एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ।

‘केपी शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ।’

प्रचण्डको सचिवालयले भनेको छ, ‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उल्लंघन भएको छ। यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।’

prachand-sachiwalay.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad