राजनीति


प्रधानमन्त्रीको शपथ विवाद पुग्यो सर्वोच्च, पुनः गराउन माग

प्रधानमन्त्रीको शपथ विवाद पुग्यो सर्वोच्च, पुनः गराउन माग

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन दिएका हुन्।

आइतबार प्रशासनिक प्रक्रिया पुरा भए पनि समय अभावका कारण निवेदन दर्ता सोमबार मात्रै हुने अधिवक्ता भण्डारीले नेपालखबरलाई बताए।

ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनु पर्ने रिट निवेदकको माग छ।

केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन्।

राष्ट्रपतिले सो शब्द दोहोर्‍याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।

उनले त्यसरी ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरी खाएको शपथको आलोचना भइरहेको छ।

राष्ट्रपतिले गठबन्धनको सरकार बनाउन तीन दिन समय दिएपनि विपक्षीले बहुमत पुर्‍याउन नसकेपछि ओलीनै पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त ओलीले ३० दिन भित्र संसदमा विश्वासको मत लिनु पर्नेछ। सो विश्वासको संसदको बहुमतले पारित गर्नुपर्छ। प्रस्तावको पक्षमा बहुमत नपुगे उनी पुनः पदमुक्त हुनेछन्।

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .