कारोबार


महामारी प्रभावित कृषकलाई राहत प्रदान गर्ने तयारी, कृषिमन्त्रीद्वारा अध्ययन गर्न निर्देशन

महामारी प्रभावित कृषकलाई राहत प्रदान गर्ने तयारी, कृषिमन्त्रीद्वारा अध्ययन गर्न निर्देशन

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:३१,

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छिन्।

वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन्।

‘हामी कोभिड १९ महामारीको संकटमा छौँ। महामारीको समयमा पनि हामीले हाम्रा कृषकहरुका समस्या सधानमा ध्यान दिनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘यस्तो अवस्थामा पनि हामी आफू सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधानका लागि काम गर्नुपर्छ।’

महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक कदम अगाडि बढाउन मन्त्री अर्यालले निर्देशन दिएकी छिन्।

कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उनको निर्देशन छ।

मन्त्री अर्यालले भनिन्, ‘महामारी नियन्त्रणका सन्दर्भमा गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गर्न आवश्यक छ। प्रभावहरुको अध्ययन त्यसपश्चात् सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षति पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुस्। अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्।’

कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजीकरणको लागि यसअघि नै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भइसकेको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्ने गरी तयारी गर्न समेत निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .