राजनीति


स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भयो भनिएकोप्रति प्रधानमन्त्रीको आपत्ति

स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भयो भनिएकोप्रति प्रधानमन्त्रीको आपत्ति

नेपालखबर
जेठ २, २०७८ आइतबार ८:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ति जनाएका छन्।

उनले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गरे।

यही वैशाख २८ गते एक कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका थिए।

सनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा भएको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले चिकित्सकको सो भनाईमा आपत्ति जनाएका हुन्।

उनले भने, ‘सिस्टम नै कोल्याप्स भयो? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने? समस्या छन् पो भन्नु पर्यो।’

सरकारका विरोधीहरुले केही पनि भएको छैन भन्ने गरेको भन्दै उनले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए। महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उनले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गरे।

साथै उनले सबैलाई कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह गरे।

उनले भने, ‘सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायिक क्षेत्र गैह्र सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु। छरपस्ट ढंगले होइन।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानविय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे।

उनले अक्सिजनको आपुर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई निर्देशन पनि दिए।

स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लाण्ट स्थापना लगायतको काम गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad