प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज आइतबार पनि भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच अहिले दिउँसो वार्ता सुरु भएको हो।
सो भेटमा पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय हुनसक्ने बताइएको छ।
शुक्रबार ओली पक्ष र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा लामो छलफल भएको थियो।
सो छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट क्रियाशील बनाउन ओली तयार भएका थिए भने त्यसका लागि विस्तृतरुपमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाउने सहमति भएको थियो।
सोहि बैठकले कार्यदलका सदस्यहरुको चयन गर्ने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।
यो पनिः
- एमालेलाई २०७५ जेठ २ कै अवस्थाबाट सक्रिय बनाउन ओली सहमत, दुई नेताले कार्यदल बनाउने

प्रतिक्रिया