राजनीति


भीम रावल भन्छन् : हाम्रो अडान यथावत छ

भीम रावल भन्छन् : हाम्रो अडान यथावत छ

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १०:३७,

नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन्।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन। यद्यपि त्यसलाई राजनीतिक दलहरुको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरु जनताका समस्याहरु छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनेत गर्नुपर्ने देखिन्छ।’

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरि संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए।

विहीबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिईसकेको प्रतिक्रिया उनले दिए।

उनले भने, ‘हामी अहिले पनि कानूनी शासन मान्ने पद्धती अनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौं। यस सन्दर्भमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन्। त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad