नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहेको बेला जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरहबादुर देउवा निवासमा पुगेका छन्।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन सभापति देउवा र महतोबीच छलफल भएको छ।
जसपमा महन्थ ठाकुर र महातो पक्षले नयाँ सरकार गठनमा अरुची देखाएका छन्।
ठाकुर र महतोले बुधबारमात्र राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।
प्रतिक्रिया