ad ad

राजनीति


कोरोना रोकथामका लागि सरकारलाई पूर्वमन्त्री योगेश भट्टराईका ४ सुझाव

कोरोना रोकथामका लागि सरकारलाई पूर्वमन्त्री योगेश भट्टराईका ४ सुझाव

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ५:३०,

बढ्दै गएको कोरोना महामारी रोकथामका लागि पूर्वमन्त्री योगेश भट्टराईले सरकारलाई ४ सुझाव दिएका छन्। 

बिहीबार बिहान सामाजिक सञ्जालमा ‘सरकारलाई ध्यानाकर्षण’ पत्र लेख्दै एमाले नेता भट्टराईले कोरोना नियन्त्रणका लागि ४ उपाय सुझाएका हुन्।

उनी लेख्छन् :

आज विश्व नै कोभिडबाट आक्रान्त छ। हरेक दिन बिरामीहरूको अकाल मृत्यु र उनीहरूका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू लाचार बनिरहेको अवस्था छ। हाम्रो देश अझ संकटतिर जाँदैछ। विगतदेखिकै सरकारहरूले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्त्वका रूपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो विस्फोट बन्न पुगेको छ।

बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौं। यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्न सक्ने सभावनाप्रति सबै सचेत हुनुपर्छ।

निम्न विषयमा सरकारको ध्यानाकर्षण गराउँछु :
१. अहिले तुलनात्मक रूपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटलीलगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो, त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नुपर्दछ। र, भारतलगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनुपर्दछ।

२. २०७२ को महाभूकम्पपछि जसरी राजनीतिक विमतिहरूलाई थाँती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बीचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो, त्यसरी नै कोभिडविरुद्धको लडाइँमा फेरि एकपटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नुपर्दछ। राष्ट्रको मिसन कोभिड–१९ लाई बनाउनुपर्दछ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रक्रियाबाट थप जनशक्ति भर्ना गर्ने।

४. आर्थिक अभाव हुन नदिने। अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने। कोभिडविरुद्धको लडाइँमा खटेको जनशक्तिबाहेक राज्यबाट पारिश्रमिक लिने अरू सबैको सुविधा हाललाई स्थगित राख्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .