ad ad

राजनीति


गण्डकी प्रदेश : पोखरेलको पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप

 गण्डकी प्रदेश : पोखरेलको पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ११:२६,

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको पक्षमा हस्ताक्षर गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

आफ्ना सांसदहरुलाई एक पत्र पठाउँदै जनमोर्चाकी सचेतक पियारी थापाले नयाँ सरकार गठनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को गठवन्धन रहेको बताएकी छन्।

उनले सो गठवन्धनबाट प्रस्तावित मुख्यमन्त्री पोखरेलको नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पेश गर्ने दावी पत्रमा अनिवार्य हस्ताक्षर गर्न खिमविक्रम शाही र कृष्ण थापालाई पत्र पठाएकी हुन्।

आज ११ बजे जनमोर्चा संसदीय दलको बैठक बसेको थियो। सरकार गठनको दावी पेश गर्न गठवन्धनले जनमोर्चाको निर्णय कुरेको थियो।

३ सांसद रहेको जनमोर्चा गण्डकीमा निर्णायक हो।

जनमोर्चाका थापा र शाहीले नयाँ सरकार गठनमा असहमति राख्दै आएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमखुले ३ दिन भित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

rajama gandaki27

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .