राजनीति


‘विश्वासको मत’मा मतदान गर्ने बेला सांसदलाई ३ ‘अप्सन’

‘विश्वासको मत’मा मतदान गर्ने बेला सांसदलाई ३ ‘अप्सन’

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ९:३२,

प्रतिनिधि सभाको जारी विशेष अधिवेशनमा अब केही बेरमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु हुँदैछ।

त्यसमा मूलतः सरकार पक्षका सांसदले पक्षमा मतदान गर्छन् भने विपक्षी दलका सांसदले विपक्षमा मतदान गर्छन्।

संसदमा कायम सदस्य संख्याको बहुमत पाए प्रधानमन्त्रीले पदमा निरन्तरता पाउँछन् भने बहुमत आएन भने पदबाट राजीनामा दिनुपर्ने हुन्छ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

संसद सचिवालयका अनुसार ‘विश्वासको मत’मा मतदान गर्ने बेला सांसदका लागि ३ ‘अप्सन’ हुन्छन्। ती हुन्– ‘हुन्छ’ (पक्ष) , ‘हुन्न’ (विपक्ष) र ‘मत दिनँ’ (तटस्थ)।

यसैकारण प्रधानमन्त्रीकै पार्टी एमालेकै माधव नेपाल पक्षका सांसद अहिले जारी प्रतिनिधि सभाको बैठकमै उपस्थित छैनन्।

यो पनि : संसदमा उपस्थित नहुने हाम्रो निर्णय- न विभाजन न समर्पण : घनश्याम भुसाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad