राजनीति


माल्दिभ्सका पूर्वराष्ट्रपति माथि बम आक्रमण : प्रमुख योजनाकार पक्राउ

माल्दिभ्सका पूर्वराष्ट्रपति माथि बम आक्रमण : प्रमुख योजनाकार पक्राउ

नेपालखबर
बैशाख २६, २०७८ आइतबार २३:५३,

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नशीदमाथि भएको बम आक्रमणमा सम्लग्न रहेको आरोपमा त्यहाँको प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ।

आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। प्रहरीले तेस्रो व्यक्तिलाई शनिवार पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

‘मे ३ मा पूर्वराष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,’, माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ। आइतबार पक्राउ परेका आरोपित घटनाका प्रमुख योजनाकारसमेत रहेको दाबी प्रहरीले गरेको छ।

राजधानी मालेमा बिहीबार बम बिष्फोटमा ५३ वर्षीय नशीद घाइते भएका थिए। उनको अहिले उपचार भइरहेको छ। पूर्वराष्ट्रपतिको स्वास्थ्यमा क्रमशःसुधार आउन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नशीदको घरनजिकै भएको बम बिस्फोटमा परेर अन्य अन्य व्यक्ति घाइते भएका थिए।

घाइते हुनेमा नशीदका अंगरक्षक र अकाए एक विदेशी नागरिक छन्। प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad