नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसदहरुको बैठक सकिएको छ।
सांसदबाट दिएको राजीनामापत्र लिएर नेता नेपाललाई बुझाउन गएका सांसदहरुलाई नेता नेपालले सिंहदरबारमा व्रिफिङ गरेका हुन्।
त्यसअघि नेता नेपालसहितको सामूहिक राजीनामा रोक्न प्रधनमन्त्री केपी शर्मा ओली पक्षका सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबारमा पुगेका थिए।
नेता नेपालसँग पौडेल र नेम्वाङको पौने घण्टा छलफल भएको थियो।
तर, सो छलफलमा नेता नेपालले आफ्नो अडान कायमै रहेको जनाउ दिएका थिए।
प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन्।
त्यसअघि नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेपछि ओली संकटमा छन्।
ओलीले आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै सामूहिक राजीनामा नगर्न सचेत गराएका छन्।
उता पार्टीकातर्फबाट संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ह्वीप जारी गरिसकेका छन्।
Shares

प्रतिक्रिया