राजनीति


बेलायतको स्थानीय चुनावमा दुई नेपालीमुलका उम्मेदवार विजयी

बेलायतको स्थानीय चुनावमा दुई नेपालीमुलका उम्मेदवार विजयी

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १०:१८,

 बेलायत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन्।

शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन्।

बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए।
रश्मोर बरोको वेलिङटन वडामाका उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए।

यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाटै उम्मेदवारी दिएका नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad