प्रतिनिधिसभाको अधिवेशन बस्नुअघि गरिएको कोरोना परीक्षणमा १८ जना प्रतिनिधिसभा सदस्यलाई संक्रमण पुष्टि भएको छ।
वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा संक्रमण देखिएको हो।
१२ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमा २०५ सांसद र १०३० जना कर्मचारीसहित अन्य थिए।
अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट आएको संसद सचिवालयले जनाएको छ।
जसमध्ये १६० जनामा कोरोना पोजेटिभ देखिएको छ। १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र पत्रकार छन्।

प्रतिक्रिया