स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी बढिरहेको जनाएको छ।
शुक्रबार सर्वसाधारणलाई अपिल जारी गर्दै मन्त्रालयले अस्पतालमा राखेर हेरचाह गर्न शैय्या (बेड) उपलब्ध गराउन नसकिने जनाएको छ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलिने दर डरलाग्दो रहेको छ।
कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई संवेदनशील हुन अनुरोध गरेका छन्।
देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको भन्दै कुनै पनि माध्यमबाट देश तथा विदेश जाने आउने कामहरु पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ।
मन्त्रालयको सूचना:


प्रतिक्रिया