नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत नपुगेका कारण बर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकिएको बताएका छन्।
शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी देउवाले बहुमत पुग्ने अवस्था बन्नासाथ अविस्वासको प्रस्ताव दर्ता गर्ने र त्यसका लागि दलहरुसँग कुरा भइरहेको जानकारी दिए।
‘अविस्वासको प्रस्ताव फेल भयो भने एक वर्षसम्म फेरि राख्न पाइँदैन। अहिले प्रस्ताव राख्दा बहुमत नपुग्न सक्छ’ देउवाले भने, ‘अरु पार्टीसँग यो विषयमा कुरा भइराख्या छ। अहिले नै सबैकुरा भन्न मिल्दैन।’
देउवाले एमसीसी परियोजना संसदबाट पास हुनुपर्ने बताए। एमसीसीबारे अनेकथरी भ्रम फैलाइएको पनि उनले आरोप लगाए।
उनले बाबुराम भट्टराई र शुसिल कोइरालाकाे पालामा भएकाे कुरा मात्रै आफूले अगाडि बढाएको बताए।
कांग्रेसको महाधिवेशन प्रक्रियाबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा देउवाले डाक्टरसमेत रहेका पार्टी महामन्त्री शशांक कोइरालालाई समेत कोरोना संक्रमण भएको उल्लेख गर्दै कोइरालाको सल्लाह अनुसार अघि बढ्ने बताए।

प्रतिक्रिया