राष्ट्रियसभाको रिक्त एक पदका लागि हुन लागेका उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्।
उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगमा दल दर्ता गराएका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न र क्रम १, कांग्रेसलाई रुख चिह्न र क्रम २, माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ का क्रममा मतपत्रमा समावेश गरिने आयोगले जनाएको छ।
आगामी जेठ ६ गते बिहीबार बागमती प्रदेशको रिक्त एकपद राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा वादलले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनको लागि एमालेले वादललाई नै उम्मेदबार बनाउने भएको छ। अन्य राजनीतिक दलले भने अझै उम्मेदबार तय गरेका छैनन्।
उपनिर्वाचनमा बागमती प्रदेशका ११० जना प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी ३४८ मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।।
Shares

प्रतिक्रिया