राजनीति


गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू

गृह मन्त्रालयको अपिल : अति आवश्यक नपरी घरबाट ननिस्कनू

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ०:२७,

गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र फैलिरहेका कारण उत्पन्न यस विषम परिस्थितिको सामना गर्न सरकारका प्रयासका अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य पनि त्यत्तिकै जरुरी हुने भएकाले सरकारद्वारा जारी निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारी निषेध आदेशको पूर्ण रूपमा पालना संक्रमण फैलिन नदिन सरकारका तर्फबाट गरिएका प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैका जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।’

grihaapil

यो पनि : निषेधाज्ञा लागू भएका जिल्लाको संख्या १८ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad