राजनीति


प्रदेश सरकारहरुको हर्कतले संघीय लोकतान्त्रिक गणतन्त्र निर्वस्त्र : कमल थापा

प्रदेश सरकारहरुको हर्कतले संघीय लोकतान्त्रिक गणतन्त्र निर्वस्त्र : कमल थापा

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १२:५,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको आरोप लगाएका छन्।

उनले कर्णाली, गण्डकी र लुम्बिनी सरकार बचाउन गरिएका हर्कतले संघीय लोकतान्त्रिक गणतन्त्र निर्वस्त्र भएको बताए।

अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।’

उनले संघीयता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन्।

अध्यक्ष थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ भन्दै पुनर्विचार गर्न ढिला नगरौं भनी आव्हान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad