राजनीति


एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण, आफूसँग भेटघाट गरेकालाई तुरुन्त परीक्षण गराउन आग्रह

एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण, आफूसँग भेटघाट गरेकालाई तुरुन्त परीक्षण गराउन आग्रह

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १४:३४,

नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण भएको छ।

नेता रिजाल आफैंले मंगलबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

गत आइतबार मात्र उनी प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसहितको सहभागितामा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए।

आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोनाको तुरुन्त परीक्षण गराउन नेता रिजालले आग्रह गरेका छन्।

‘आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड–१९ पोजेटिभ देखिएको छ। सामान्य लक्षणसहित घरमै बसेको छु,’ नेता रिजालले भनेका छन्, ‘यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad