राजनीति


एमालेको आकस्मिक बैठक बालुवाटारमा जारी

एमालेको आकस्मिक बैठक बालुवाटारमा जारी

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ६:४७,

एमालेको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपालसहित उनी पक्षका केही नेतालाई सांसद पदबाट समेत हटाउने तयारी भएको स्रोतले जनाएको छ।

यसअघि शुक्रबार बसेको बैठकले ११ वटा निर्णय गरेको थियो।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी समिति गठन गरेका थिए, जसमा माओवादी नेताहरुलाई समेटिएको थियो भने माधवकुमार नेपाल, झलनाथ खनाल लगायत असन्तुष्ट पक्षका सबै नेताहरुलाई हटाइएको छ।

त्यसैगरी, सो बैठकले नेपाल पक्षबाहेक अन्यको कार्यविभाजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad