राजनीति


एमालेको स्थायी समितिमा को–को थपिए, कस–कसलाई हटाइयो? महिला शून्य

एमालेको स्थायी समितिमा को–को थपिए, कस–कसलाई हटाइयो? महिला शून्य

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ८:१६,

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई हटाएर नयाँ स्थायी समिति गठन गरेका छन्।

पार्टीको महाधिवेशन आयोजक समितिको शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको हो।

ओलीले गठन गरेको सो समितिमा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई हटाइएको छ।

यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवादमा स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिएको छ।

त्यसैगरी नेपाल पक्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटाइएको छ।

एमालेको नयाँ स्थायी समितिमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई थपिएको छ।

त्यसैगरी, माओवादीसँग एकीकरण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ।

महिला शून्य
प्रधानमन्त्री समेत रहेका ओलीको अध्यक्षतामा आज बसेको सो बैठकले गठन गरेको स्थायी समितिमा महिलाको संख्या शून्य छ।

यसअघि एमालेको स्थायी समितिमा अष्टलक्ष्मी शाक्य मात्र थिइन्।

उनी महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष समेत हुन्।

उनलाई पनि आजको बैठकले हटाएपछि अब एमाले स्थायी समितिमा महिलाको संख्या शून्य भएको हो।

कानूनअनुसार पार्टीका समितिहरुमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रुपमा राख्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad