एलजीको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले एन्टी भाइरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ।
यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गरी ताजा वातावरण बनाउने कम्पनीको दाबी छ।
एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ।
साथै यस एसीमा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ। यसले एसीलाई ४० प्रतिशत, ६० प्रतिशत, ८० प्रतिशत र १०० प्रतिशत अर्थात् मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरी पैसा पनि बचत गर्दछ।
यस एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ।
यसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०% सम्म विजुली खपत पनि गर्दछ।
यस एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ।
यसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समयसम्म चल्छ। एलजीको एसीले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउँदछ साथै वातावरणमैत्री आर३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेण्टी पनि रहेको छ।
अहिले नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजारबराबरको निःशुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया