नेकपा–एमालेको महाधिवेशन आयोजक समितिको बैठकले नयाँ स्थायी समिति गठन गरेको छ।
सो समितिमा माधवकुमार नेपाल सहितका नेताहरुलाई हटाइएको छ भने वामदेव गौतमलाई समेटिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठकले १९ सदस्यीय स्थायी समिति गठन गरेको हो।
सो समितिमा केपी शर्मा ओली, ईश्वर पोखरेल, वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाब, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुब, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुबीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहेका छन्।
3
Shares

प्रतिक्रिया