राजनीति


एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, माधव नेपाल पक्षलाई थप कारबाही गर्ने सम्भावना

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, माधव नेपाल पक्षलाई थप कारबाही गर्ने सम्भावना

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ४:९,

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दै छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ११ बजे बस्ने भएको हो।

आजको बैठकमा स्पष्टीकरण मागिएका खनाल–नेपाल पक्षका २७ सांसदलाई कारबाहीको निर्णय गरिने सम्भावना छ।

किनकि यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उनीहरूले बुझाएको स्पष्टीकरण विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका थिए।

माधव नेपालसँग मेरिएट होटलमा दोस्रोपटक भएको वार्ता पनि असफल भएको भोलिपल्ट अध्यक्ष ओलीले बैठक राख्न लागेका हुन्। 

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग बुधबार साँझ र बिहीबार अपराह्न गरी दुईपटक वार्ता गरे पनि सहमति हुन सकेन भने बिहीबारै बेलुका उपाध्यक्ष वामदेव गौतमसँग गरेको ‘डिनर मिटिङ’ पनि असफल भएको परिस्थितिमा आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री ओलीले नेकपा एमालेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका हुन्।

पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले दोस्रोपटक स्पष्टीकरण माग्नुअघि नै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमालेको साधारण सदस्यताबाट समेत निलम्बन गरिसकेका छन् भने पछिल्लोपटक नेता नेपालसहित उनी पक्षका २७ सांसद (प्रतिनिधि सभा सदस्य) लाई स्पष्टीकरण माग्दै पत्र पठाएका छन्।

तीमध्ये खनाल–नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन्।

यी पनि : 

नेपाललाई ओलीको प्रश्नः केन्द्र र प्रदेश सरकार के हुन्छ, माओवादीसँग एकता कहिले गर्नुहुन्छ? 

‘डिनर मिटिङ’ चल्दै थियो, ओलीसँग कुरा नमिलेपछि बीचमै बाहिरिए वामदेव गौतम

ओली–नेपाल वार्ता असफल भएपछि विष्णु रिजालको अपिल: समय छ, फर्कौं !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .