ad ad

राजनीति


राष्ट्रिय सभाको रिक्त स्थानका लागि जेठ ६ मा उपनिर्वाचन

राष्ट्रिय सभाको रिक्त स्थानका लागि जेठ ६ मा उपनिर्वाचन

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १३:४,

राष्ट्रिय सभाको रिक्त स्थानका लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ।

बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त  पद पूर्तिको लागि सरकारको सिफारिसमा निर्वाचन आयोगले मिति घोषणा गरेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ अनुसार कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैतीस) दिनभित्र बाँकी अवधिका लागि निर्वाचन गरिसक्नु पर्छ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन पनि भनेको छ।

निर्वाचन आयोगले उक्त घोषणा अनुसार आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .