ad ad

समाज


परिवर्तित कोरोनाको करामतले चिकित्सकसमेत चकित : रिपोर्ट नेगेटिभ, फोक्सोमा गम्भीर क्षति !

परिवर्तित कोरोनाको करामतले चिकित्सकसमेत चकित : रिपोर्ट नेगेटिभ, फोक्सोमा गम्भीर क्षति !

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १२:५२,

कोरोना भाइरसको परिवर्तित स्वरूपले चिकित्सकसमेत चकित परिरहेका छन्। रिपोर्ट नेगेटिभ आइसक्दा पनि भाइरसले फोक्सोमा गम्भीर क्षति पुर्‍याइरहेको छ। यस्ता बिरामीको वास्तविक अवस्था सीटी स्क्यान गरेपछि पत्ता लागेको हो।

चिकित्सकका अनुसार यसपटक कोरोना भाइरसले २ दिनदेखि ३ दिनभित्रै फोक्सोमा ठूलो क्षति पुर्‍याइरहेकाे पाइएको छ। फोक्सोमा दाग बनाइरहेको छ।

भारतको बीआरडी मेडिकल कलेजका छाती विभागका प्रमुख डाक्टर अश्वनी मिश्रका अनुसार धेरै जना बिरामीमा ज्वरो, खोकी, सास फुल्नेजस्ता समस्या देखिँदा पनि एन्टिजेन र पीसीआर रिपोर्ट नेगेटिभ आइरहेका छन्। तर बिरामीको अवस्था गम्भीर बनिरहेको छ।

धेरै जना बिरामीमा अक्सिजनको तह ८० आसपास देखिएको छ। यसबीच सीटी स्क्यान गर्दा भाइरसको फैलावट पत्ता लागिरहेको छ। बीआरडी मेडिकल कलेजमा यस्ता बिरामीको संख्या ५० भन्दा बढी छ, जसका दुवै रिपोर्ट नेगेटिभ छन्।

तर उनीहरूको फोक्सोमा भने ठूलो मात्रामा संक्रमण छ। जसका कारण अक्सिजनको मात्रा पनि निरन्तर घटिरहेको छ।

तत्काल डाक्टरको सल्लाहमा औषधि खानुस्
डाक्टर अश्वनी मिश्राका अनुसार लक्षण कोरोना संक्रमणका जस्ता छन्, तर एन्टिजेन वा पीसीआर रिपोर्ट नेगेटिभ आइरहेका छन् भने पटक्कै लापरबाही गर्न हुँदैन।

उनी भन्छन्, ‘यस्तो अवस्थामा तत्काल डाक्टरसँग सम्पर्क गरेर कोरोना संक्रमणमा प्रयोग गरिने औषधि खानुस्। अन्यथा दुई/तीन दिनभित्रै अवस्था अझ बिग्रन सक्छ।’ भारतीय पत्रिका– अमर उजालाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .