राजनीति


एमाले नेपाल–खनाल पक्षले विराटनगरमा खोल्यो कार्यालय

एमाले नेपाल–खनाल पक्षले विराटनगरमा खोल्यो कार्यालय

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ११:६,

असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ।

यसअघि चैत २८ गते सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो।

सो समूहले दुवै कमिटी गठन गरेको दुई हप्तापछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो।

जिल्ला समितिको भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको सो समूहका एक नेताले बताएका छन्।

केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्षले विराटनगर–२ स्थित तीनपैनीमा महानगर कमिटीको छुटै कार्यालय खोलेर आफूपक्षीय पार्टीको गतिविधिलाई तीब्र बनाएको छ।

दुई तले घर भाडामा लिएर महानगर कमिटीले विहिबारदेखि पार्टी कार्यालय संचालनमा ल्याएको छ।

कार्यालयको बिहीबार बिहान एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले एक कार्याक्रमका बीच उद्घाटन गरेका थिए।

कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएपनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए।

इन्चार्ज अर्चायले अहिलेपनि आफुहरु पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी अध्यक्ष ओलीले नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई एकपछि अर्को कारबाहीको शिलशिला जारी राखेकोले उनी पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए।

सो समूहले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका कमिटी निर्माण गर्नुको साथै भातृ संगठनहरुका समानान्तर कमिटि निर्माणमा पनि तीब्र बनाएको नेपाल–खनाल पक्षीय एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .