नेपाली कांग्रेसमा केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवले पाएका छन्।
वुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले निर्वाचन समिति संयोजकको जिम्मेवारी यादवलाई दिने सहमति गरेको हो।
उनी पूर्वसांसद, पूर्वमहान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता हुन्।
यस अघि संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि उक्त स्थान खाली थियो। बैठकले समायोजनको टुंगो लगाउन पनि समितिलाई निर्देशन दिएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल चलेको थियो।

प्रतिक्रिया