ad ad

राजनीति


भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं: मोदी

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं: मोदी

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ७:१७,

सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ।

बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले त्यस क्षेत्रमा केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको दाबी रहेको छ।

दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीबार बिहान उनी डेढ घण्टा बोलेका थिए।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएको भारतको यो ७३औँ स्वतन्त्रता दिवस हो। भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ।

पाकिस्तानले हिजो बुधबार स्वतन्त्रता दिवस मनाएको थियो।

प्रधानमन्त्री इमरान खानले बुधवार आफ्नो भाषणमा कस्मिरमा भारतीय हस्तक्षेपको चर्को आलोचाना गरेका थिए।

तर मोदीले खानको टिप्पणीमा कुनै प्रतिक्रिया दिएनन्। यद्यपी उनले धारा ३७० खारेजको विरोध गर्नेहरूले “राजनीति गरिरहेको“ तर्क गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .