राजनीति


दोहामा नेपाली मारिएपछि भिडभाडमा नजान दूतावासको आग्रह

दोहामा नेपाली मारिएपछि भिडभाडमा नजान दूतावासको आग्रह

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ७:१६,

दोहास्थित जैदा पार्कमा एक नेपाली मृत्यु भएपछि कतारका लागि नेपाली दुतावासले भिडभाडमा नजान त्यहाँका नेपालीलाई आग्रह गरेको छ। मंगलबार जैदा पार्कमा भएको आक्रमणमा एक नेपाली मारिएका थिए।

मृत्यु हुने सुनसरीका तवरेज अन्सारी भएको दूतावासले पुष्टि गरेको छ। ५ जना घाइते छन्।

घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर रहेको र हमाद अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको दूतावासले जनाएको छ।

घाइतेहरु सुनसरीकै इब्राहमि अन्सारी र नौसाद अन्सारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुवै खतरामुक्त रहेको दूतावासले जनाएको छ। घटनामा घाइते भएका अकबर मिया र महसुद अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो। दूतावासको पहलमा उनीहरु रिहा भएका छन्।

घटनामा संलग्न केही व्यक्तिलाई कतार प्रहरीले नियन्त्रणमा लिएको छ। दूतावास अधिकारीहरुले सम्बन्धित अधिकारीहरुसँग भेटवार्ता गर्दै दोषीमाथि कारवाही माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .