एससीएमपीका अनुसार ताइवानको रक्षा अधिकारीले सोमबार बेइजिङबाट बढ्दो दबाबबीच ताइवानले आफ्नो सैन्य क्षमता बढाउन चाहेको बताएका छन्।
यतिबेला ताइवान आफैंले चीनको खतराविरुद्ध लामो दुरीमा आक्रमण गर्नसक्ने क्षेप्यास्त्रहरु निर्माण गरिरहेको छ।
ताइवानको रक्षा मन्त्रालयको रणनीतिक योजना विभागका प्रमुख लि सि–चियाङका अनुसार ताइवानले अमेरिकाबाट थप परिस्कृत हतियार खरिद गर्न चाहेको हो।
यद्यपी अमेरिकाले यस विषयमा कुनै निर्णय गरिनसकेको उनको भनाइ छ। ताइवानका अनुसार अमेरिकाबाट उसले ‘लकहिड मार्टिन कोर्प्स एजीएम–१५८’ क्रुज क्षेप्यास्त्र खरिद गर्न चाहन्छ।
लि सि–चियाङका अनुसार अमेरिकासँग हतियार खरिद गर्नेबार राम्रो संचार भइरहेको छ। यो क्षेप्यास्त्र प्रणालीले बेइजिङको खतरासँग जुध्न सहयोग पुग्ने ताइवानको अपेक्षा छ।
पछिल्लो समय अमेरिकाले ताइवानसँग औपचारिक सम्बन्ध गाँस्ने प्रयासहरु गरिरहेको छ। हालै अमेरिकाले ताइवानसम्बन्धी एउटा कानुन बनाएको थियो।
उक्त कानुनका अनुसार अमेरिका र ताइवानका सरकारी अधिकारीहरु थप नजिकिन सक्छन्। तर ताइवान आफ्नो भएको दाबी गर्ने चीनले अमेरिकी कार्यको लगातार विरोध गर्दै आएको छ।
हालै अमेरिकी अधिकारीहरु ताइवान भ्रमणमा जाने चर्चा सुरुवात भएको छ। जसका कारण चीनले केहीदिन अगाडि मात्र ताइवानमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो।
ताइवान नजिकैको जलक्षेत्रमा हालै चीनले सैन्य अभ्यास सम्पन्न गरेको छ भने दोहोर्याउँदै उसका हवाई सेनाहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले गतवर्ष आफ्नो भूमि ताइवान अलग्याउने शक्ति सक्रिय भएको बताउँदै आफ्ना जनमुक्ति सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएका थिए।
याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय
Shares
प्रतिक्रिया