समाज


थप एक हजार २८१ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

थप एक हजार २८१ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १२:५३,

थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ।

थप सात हजार एक जनाको पीसीआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर परीक्षण गराउनेको सख्या २३ लाख ५२ हजार ५०२ जना पुगेको छ।

हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन्। काठमाडौँ ५०५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म दुई लाख ७५ हजार ५५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर २५५ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेका छन्। हाल सात हजार २५४ संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय आठ संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .