राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै पदमुक्त भएपछि पुन:नियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पद तथा गोपनियताको सपथ लिएका छन्।
आइतबार साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गोपनियताको सपथ गराएकी हुन्।
संसद सदस्य नरहेका थापा संविधानको धारा ७८ अनुसान मन्त्रीमा नियुक्त भएका हुन्। उनी ६ महिनासम्म मन्त्री रहन सक्छन्।
नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेपछि उनलाई पार्टीले संसदबाट निस्कासन गरेको थियो।

प्रतिक्रिया