समाज


पत्रकार महासंघमा नवनिर्वाचित समितिलाई पदभार हस्तान्तरण

पत्रकार महासंघमा नवनिर्वाचित समितिलाई पदभार हस्तान्तरण

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १३:११,

नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ।

आइतबार नेपाल पत्रकार महासंघको कार्यालयमा भएको एक कार्यक्रमबीच नवनिर्वाचित समितिलाई पदभार हस्तान्तरण गरिएको हो।

त्यस क्रममा सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिए।

उनले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसैगरी उनले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने चर्चा गरे।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताए।

उनले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको बताए।

निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताए। उनले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि बताए।

कार्यक्रममा पूर्व सभापतिहरु डा.सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाउँले र डा.महेन्द्र विष्टले शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad