नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने भएको छ।
एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले केहीबेरमा मुख्यमन्त्रीका विरुद्ध मतदान गर्न ह्विप जारी गरिने बताए।
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट शाही मुख्यमन्त्री छन्।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।
माओवादी केन्द्रका एकजना सांसदलाई कारबाही गरिएको छ भने एक जना सभामुख छन्। बहुमतका लागि २० मत आवश्यक पर्छ।
3
Shares
प्रतिक्रिया