कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन्।
प्रदेश सभामा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।
केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले आरोप लगाइन्।
उनले हिजो सार्वजनिक अपिल जारी गर्दै प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेकी छन्।
आज कर्णाली प्रदेशको सातौं अधिवेशनको पहिलो बैठक बस्दैछ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
कर्णालीमा नेकपा एमालेबाट सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।
माओवादी केन्द्रका एकजना सांसद धर्मराज रेग्मीलाई भने कारबाही (पदबाट हटाइएको) गरिएको छ।
यो पनि : कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, यसरी तान्दैछन् अपुग १ सांसद

प्रतिक्रिया